घर जान्छु भनी गएका सुडालका खत्री मकैबारीमा मृत अवस्थामा फेला


साउन १८, २०८०, बिहीबार | विहान ०९:४८ बजे | 25


घर जान्छु भनी गएका सुडालका खत्री मकैबारीमा मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालमा बस्ने वर्ष ४५ को सुदर्शन खत्री आफनै गोठ नजिकको मकैबारीमा मृत अवस्थामा फेला परेका छन् । आफ्नै गोठबाट १५ गते बिहान ७ बजे घरमा जान्छु भनी हिँडिएकोमा उनी मृत अवस्थामा मकैवारीमा भेटिएको प्रहरीले जनाएको छ । हराएको दिनदेखि हालसम्म घरमा नआएको भनी निजको आफन्तले वृत्त जगातीमा खोजतलासको निवेदन दिएका थिए । बाहिरी चोटपटक नभएको, नाकबाट हल्का रगत बगेको देखिएको जनाइएको छ । जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा वृत्त जगातीबाट प्र.नि. सुन्दर चौलागाँईको कमाण्डमा ५ जनाको टोली खटिई मुचुल्का कार्य भएको प्रहरीको भनाई छ । उक्त स्थान वृत्त जगातीबाट १० कि.मि. पुर्व उत्तर पर्दछ । लाशलाई पोष्ट मार्टमका लागि के.एम.सि.अस्पताल दुवाकोट लगेको थियो । पोष्ट मार्टमपश्चात निजको आफन्तले सद्गतको लागि लाश बुझी लगेको जनाएको छ ।

Comments