‘फेसबुकमा भाइरल व्यक्ति हाम्रो विद्यार्थी होइन’ (ध्यानाकर्षणसहित)
साउन १६, २०८०, मङ्गलबार | दिउँसो ०१:१४ बजे | 45
भक्तपुर । सामाजिक सञ्जाल फेसबुकमा ख्वप माविको लोगो अंकित ट्रयाक सुट लगाई चोरीको आरोपमा बाँंधिराखेर भाइरल भएका एकजना व्यक्ति आफनो विद्यार्थी नभएको माविले प्रष्ट पारेको छ । ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले मंगलबार एउटा ध्यानाकर्षण सार्वजनिक गर्दै उक्त व्यक्ति कलेजको रेकर्डमा नरहेको प्रष्ट पारेको हो ।
‘निज व्यक्ति यस माविको विद्यार्थी नरहेको कुरा सवैमा जानकारी गराइन्छ’, ध्यानाकर्षणमा लेखिएको छ, ‘ख्वप माविको लोगो अंकित निजले लगाएको ट्याक सुट कहाँंबाट प्राप्त गरेको भन्नेबारे बुझ्ने क्रम जारी छ ।’ महानगरीय प्रहरी बृत थिमिको सहयोग यसबारेको खोजी कार्य जारी रहेको जनाएको हो ।
मध्यपुर थिमि नगरपालिका नगदेश गार्चास्थित एक घरबाट मोवाइल चोरी गरेको फेला पारी प्रहरीलाई बुझाइएको घटनासँंग सम्वन्धित एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोष्ट भइ भाइरल भएको थियो । भिडियोमा ख्वप माविको ट्रयाक सुट लगाएको देखिने एकजना व्यक्तिलाई बसाएर हात वाँंधिराखेको दृश्य देखिन्छ ।
फाेटाेमा हेर्नुहाेस्...