भक्तपुरको खोलामा खस्यो निजी कार


साउन १५, २०८०, सोमबार | दिउँसो ०३:३८ बजे | 35


भक्तपुरको खोलामा खस्यो निजी कार

भक्तपुर । भक्तपुरको दधिकोट र मध्यपुर थिमि जोड्ने हनुमन्ते खोलामा सोमबार साँंझ एउटा निजी कार खोलामा खसेको छ । बा ११ च २४१५ नं को सो कार व्याक गर्ने क्रममा एक्कासी खोलामा खसेको जनाइएको छ । दुर्घटनामा कारमा क्षति पुगेको छ । कारमा सवार दुईजना भने सकुशल नै रहेका छन् । कारलाई पछि क्रेनको सहायताले निकालिएको थियो ।

Comments