भक्तपुर कमलविनायकका लक्ष्मीप्रसादको विष सेवनबाट मृत्यु


साउन १४, २०८०, आइतबार | विहान ०५:१८ बजे | 25


भक्तपुर कमलविनायकका लक्ष्मीप्रसादको विष सेवनबाट मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायकमा रहेको गणेश मन्दिर पछाडि सोही स्थानमा घर भई हाल घरमै बस्ने बर्ष ४४ को लक्ष्मीप्रसाद दिवाकरले आत्महत्या गरेका छन् । नाम नखुलेको बिषादी सेवन गरी उनले आत्महत्या गरेका हुन् । विष सेवनपछि अशक्त भई उपचारको लागी भक्तपुर अस्पताल लगिएको थियो । विष सेवनको कारण नखुलेको प्रहरीले जनाएको छ । उनको उपचारमा निजको दाइ दिब्यप्रसाद दिवाकर संलग्न रहेको र उपचारको क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त स्थान बृत्त जगातीबाट २ कि.मि उत्तर पर्दछ । उनको आइतबार विहान अस्पताल मृत्यु भएको हो । उनले शनिबार वेलुकी पौने पाँंच वजे विष सेवन गरेको जनाइएको छ । 

Comments