भक्तपुरको हनुमानघाटबाट दुईजना मानिस पक्राउ
साउन ११, २०८०, बिहीबार | विहान ०६:५४ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ हनुमानघाटबाट प्रहरीले विहीबार विहान दुईजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग दरवारस्क्वायरबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा मानिसहरुलाई पक्राउ गरी सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनीहरुलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु
१)जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ५ आदर्श बस्ने बर्ष २२ को समिर आलम ।
२) जिल्ला सुनसरी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल बस्ने बर्ष १९ को अर्जुन परियार ।
बरामद भएका सामानहरु ः–
१. डाईजेपाम – ८ थान (एम्पुल)
२. फेनारगन – ८ थान (एम्पुल)
३. नोरफिन – ८ थान (एम्पुल)
४. सिरिन्ज – ५ थान