सूर्यविनायकमा र्दुघटनामा परी इटाछेंका पक्काको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार
2023-07-27 04:56:48
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ राष्ट्रिय बाणिज्य बैंक अगाडि जगातीबाट सूर्यबिनायकतर्फ जादै गरेको बा ९५ प ६४१३ नं को स्कुटीलाई सोही दिशातर्फ जादै गरेको अल्फाबेट नम्बर नखुलेको भीआर मोसाले ठक्कर दिँदा स्कुटी अनियन्त्रित भइ सोहीतर्फ गइरहेको बा ४ ख ११७२ नं को टिपरको दाहिने पट्टीको अगाडिको चक्कामा ठोकिदा स्कुटी चालक भक्तपुर भक्तपुर नगरपालिका २ इताछें बस्ने बर्ष ३०को संजय पक्काको मृत्यु भएको छ । घाइते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेको उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल फरार रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ । स्कुटी , टिफर र टिफर चालक काभ्रे भुम्लु गा.पा ७ बस्ने बर्ष २४ को राजेन्द्र माझी वृत्त जगातीको नियन्त्रणमा रहेका छन् । उक्त स्थानमा वृत्त जगातीबाट प्र.नि बासु खरेलको कमाण्डमा १५ जनाको टोली खटिएको खटिएका थिए । लास सोही अस्पतालमा रहेको जनाइएको छ । घट्नास्थल वृत्त जगातीबाट अं १ कि.मी पस्चिममा पर्दछ । लास पोष्ट मार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ ।
प्रतिक्रिया