झौखेल गेलाल गाँउमा गोठमा बाँंधेको भैँसी चोरी


साउन ९, २०८०, मङ्गलबार | दिउँसो ०३:१७ बजे | 30


झौखेल गेलाल गाँउमा गोठमा बाँंधेको भैँसी चोरी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल गेलाल गाँउमा बस्ने हरिप्रसाद गेलालको २ तल्ले काचो ईट्टा माटोले बनेको गोठमा बाधेको कालो भैँसी साँंझ चोरी भएको छ । अन्दाजी रु दुई लाख ५० हजारको सोमबार राति ८ बजेदेखि मंगलबार बिहान ०५ः३० बजेको बिचमा (समय नखुलेको ) चोरी भएको बताइएको छ । जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रभाग ब्यासीबाट प्र.ब.ना.नि. रामचन्द्र पोखरेलको कमाण्डमा ३ जनाको टोली खटी गएको प्रहरीले जनाएको छ । हाल खोजतलास कार्य जारी रहेको जनाएको छ । घटनास्थल परिसरबाट ३ कि.मि उत्तर पर्दछ ।

Comments