बालकोट गोदावरी पुल नजिकबाट हिडिरहेको एकजना मानिस पक्राउ


साउन ९, २०८०, मङ्गलबार | विहान ०५:१९ बजे | 35


बालकोट गोदावरी पुल नजिकबाट हिडिरहेको एकजना मानिस पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट गोदावरी पुल नजिक प्रभाग बालकोटबाट प्र.ब.ना.नि. मंगलबार विहान बीरबहादुर भण्डारीको कमाण्डमा खटिएको ४ जनाको टोलीले प्लान अनुसारको चेकीङको क्रममा पैदल हिडिरहेका सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका वडा नं. ५ घर भई हाल सोही स्थान बस्ने वर्ष ३३ को रविन्द्र तामाङलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध फेला परेको छ । त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी भक्तपुर प्रहरी परिसरमा ल्याइएको छ । उक्त स्थान वृत्त ठिमीबाट ५ कि.मी. पश्चिम दक्षिणतर्फ पर्दछ । उनीसँंग  
१. नाईट्राभेट; १० पत्ता(१४९ ट्याब्लेट)
२. डाईजेपाम; १९४ पिस
३. नुरफिन; १४६ पिस
४. फेनारगनः ११६
५. ःक्ष् मोवाईल थान– १ 
६. मोवाईल थान– १ । बरामद भएको छ । 

Comments