चाँगुनारायण न.पा.६ फेदीमा वर्ष ११ की बालिकाद्धारा आत्महत्या
साउन ९, २०८०, मङ्गलबार | विहान ०४:४१ बजे | 15
भक्तपुर । भक्तपुरको चाँगुनारायण न.पा.६ फेदीमा सोही स्थानमा बस्ने राम कुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको काठको निरालमा तन्नाको पासो लगाई मंगलबार एकजनाले आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा.६ घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले झुण्डेर आत्महत्या गरेका हुन् । भुण्डिएर आत्महत्या गरिराखेको अवस्थामा निजको बुबा अभिषेक थामीले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको छ भन्ने खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रभाग खरिपाटीबाट प्र.ना.नि.सोम हेन्जनको कमाण्डमा ५ जनाको टोली खटी गएको प्रहरीले जनाएको छ । लास घटनास्थलमा रहेको छ । घटनास्थल लास जाच मुचुल्काको लागी परिसर भक्तपुर बाट प्र.नि.सुदन के.सीको कमाण्डमा ७ जनाको टोली खटी गएको छ । घटनास्थल परिसर भक्तपुर ८ कि.मि. उत्तर पुर्व पर्दछ ।