च्यामासिंहको निर्माणाधिन घरको भुई तलामा करेन्ट लागेर एकजनाको मृत्यु
साउन ६, २०८०, शनिबार | दिउँसो ०३:५४ बजे | 40
भक्तपुर । भक्तपुरमा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । सूर्यबिनायक नगरपालिका–६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्ववायनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।