सुडालमा एक्लो वस्ने पुरुष कोठाभित्रबाट चुकुल लगाई मृत अवस्थामा फेला


साउन ३, २०८०, बुधबार | विहान ०८:२७ बजे | 30


सुडालमा एक्लो वस्ने पुरुष कोठाभित्रबाट चुकुल लगाई मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालमा आफनै घरभित्र एकजना पुरुष मृत अवस्थामा फेला परेको छ । काचो ईट्टा र माटोले बनेको १ तल्ले जस्ताले छाएको आफ्नै घरभित्र झ्याल खुल्ला ढोकाभित्रबाट चुकुल लगाएको अबस्थामा बर्ष ४२ केशब सुकुमनी टाउको भुईमा र खुट्टा खाटमा ठाडो परी मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रभाग सुडालबाट प्र.ब.ना.नि. सुरेश के.सीको कमाण्डमा ३ जनाको टोली खटी बुझदा निजले अत्याधिक मा.प.से गर्ने गरेको पाइएको प्रहरीले जनायो । साथै, निज एक्लै बस्ने बुझिएको पनि जनाएको छ । थप घटनास्थल मुचुल्काको लागी बृत जगातीबाट प्र .नि. सुन्दर चौलागाईको कमाण्डमा १० जनाको टोली खटिएको जनाएको छ । उक्त स्थाम बृत जगातीबाट ६ कि.मी. उत्तरमा पर्दछ ।

Comments