ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान)मा सूर्यविनायक अनन्तलिंगेश्वरका आफनै सहोदर दाजु पक्राउ


साउन ३, २०८०, बुधबार | विहान ०७:४८ बजे | 40


ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान)मा सूर्यविनायक अनन्तलिंगेश्वरका आफनै सहोदर दाजु पक्राउ

भक्तपुर । ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान)मुद्धामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आरोपित आफनै सहोदर दाजु बर्ष ३० को अर्जेस बस्नेतलाई पक्राउ गरेको हो । उनलाई काठमाडौ टोखास्थित नव उपकार नेपाल संस्थाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक माधबकुमार अधिकारीसहितको ३ जनाको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई हाल वृत्त ठिमीमा ल्याई राखिएको जनाएको छ । 
बताइए अनुसार २०७९।११।२७ गते अं.१०ः३० बजेको समयमा  भक्तपुरको सूर्यबिनायक नगरपालिका २ अनन्तलिंगेश्वरस्थित राजेन्द्र यादवको घरमा डेरा गरी बस्ने मोरङ उर्लाबारी न.पा. ४ स्थाई वतन भएकी बर्ष ५५ की उषा थापा बस्नेतलाई छिमेकीले बेहोस अबस्थामा फेला पारेको थियो । तत्काल उपचारको लागी आरोग्य अस्पताल चारदोबाटो लगेको थियो । थप उपचारको लागी सोही फागुन ३० गते काभ्रे साँगास्थित स्पाईनल ईन्जुरी अस्पतालमा थेरोपी गराइरहेकोमा २०८०।०२।२९ गते थप उपचारको लागी शिर मेमरीयल अस्पताल बनेपा  लगिएको थियो । उपचारको क्रममा सोही ०२।२९ गतेको दिन अन्दाजी. २१ः४८ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा मृतकको छोरा बर्ष २८ को प्रबेश बस्नेतले २०८०।०३।१७ गते निजको सहोदर दाजु बर्ष ३० को अर्जेस बस्नेतलाई प्रतिवादी बनाई ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान) मुद्दामा वृत्त ठिमीमा किटानी जाहेरी दिएका थिए । त्यही आधारमा प्रतिवादी अर्जेस बस्नेतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Comments