नगरकोटको हिल साइड होटेलमा बृद्धद्धारा आत्महत्या


साउन २, २०८०, मङ्गलबार | विहान ०६:५३ बजे | 20


नगरकोटको हिल साइड होटेलमा बृद्धद्धारा आत्महत्या

भक्तपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ नगरकोटमा रहेको हिल साईड होटलको ११५ नं को कोठामा पुगेर एकजनाले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका १३ कालीमाटी घर भई हाल बानेश्वर बस्ने वर्ष ५८ को रघुलाल अग्रवाले मेटासिट सुपर डी नामक विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । विषादीको सेवपछि अशक्त भएका उनलाई उपचारको लागी मध्यपुर अस्पताल ठिमी ल्याएकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । हाल मृतकको लास सोही अस्पतालमा रहेको जनाएको छ । उक्त स्थानमा प्रभाग नगरकोटबाट  प्र.ब.ना.नि.कृष्णहरी रानाभाटसहितको ४ जनाको  टोली खटी गएको प्रहरीले जनाएको छ । घटनास्थल परिसर भक्तपुरबाट १८ कि.मी.पूर्वमा पर्दछ ।

Comments