गुण्डुबाट हराएकी महिला सूर्यविनायक जंगलमा मृत फेला
असार २८, २०८०, बिहीबार | दिउँसो ०२:१५ बजे | 35
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित मोर्डन स्कुल नजिक जंगलमा सोही ठाउँं बस्ने बर्ष ३८ की माया नगरकोटी विहीबार मृत अवस्थामा फेला परेकी छन् । अस्थायी प्रहरी पोष्ट गुण्डुबाट प्रहरी सहायक निरीक्षक रामबहादुर मगरको टोलिले खोजतलास गर्दै जाने क्रममा उत्तानो परी मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनी असार १३ गते बिहान साढे सात बजेदेखि हराएकी थिइन् ।
घटनास्थल सुरक्षित साथ राखी उक्त स्थानमा वृत्त जगातीबाट घटनास्थल मुचुल्कालगायत अनुशन्धानको लागी प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा १० जनाको टोली खटिगएको भक्तपुर प्रहरी परिसले जनाएको छ । उक्त स्थान वृत्त जगातीबाट अन्दाजी ५ किलोमिटर दक्षिण पश्चिम पर्दछ । यसअघि खोजतलासको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय ४ वटा कुकुरसहित खोजी कार्य गरेको गरेको थियो ।