लोकन्थलीको फल्याटबाट सम्साझै ल्यापटप, सुनहरु चोरी


असार २८, २०८०, बिहीबार | विहान ०४:४७ बजे | 20


लोकन्थलीको फल्याटबाट सम्साझै ल्यापटप, सुनहरु चोरी

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी न.पा. १ लोकन्थली समिट अस्पताल पछाडिको एउटा घरमा चोरी भएको छ । स्थानीय देबी थापाको पक्की ३ तल्ले घरको भुई तल्लामा फ्ल्याट लिई बस्ने काभ्रे नमोबुद्द न.पा २ घर हुने बर्ष ३० बिष्णु तिमल्सिनाको फ्ल्याटमा कोही नभएको अबस्थामा (निज आफ्नो पसल बानेश्वर गएको अवस्थामा) मेनढोकाको ताला फोडी ४ वटा कोठाको ढोका समेत फोडी दराजभित्र रहेका विभिन्न सामानहरुको चोरी भएको प्रहरीले जनाएको छ । धनमाल अपरिचित व्यक्तिले चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ  उक्त स्थानमा प्रभाग बालकोटबाट प्र.ब.ना.नि.बिर ब. भण्डारीको टोली खटिएको प्रहरीले जनाएको छ । चोरी गर्ने व्यक्ति फरार छ । खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उक्त स्थान बृत ठिमीबाट ३.५ कि.मि. पश्चिम दक्षिण पर्दछ ।
१) ल्यापटप १ थान रु.८४,०००।–
२) सुनको सिक्री एक तोलाको १ थान  रु.१,०८,०००।–
३) सुनको तिलहरी आधा तोला १ थान रु.५६,०००।–
४) सुनको हार दुई तोला १ थान  रु. २,१६,०००।–
५) सुनको बेरुबा औठी  १ तोलाको १ थान  रु. १,०८,०००।–
६) डायमण्डको औठी १ थान रु. १,६०,०००।–
७) सुनको सिक्री १ तोलाको १ थान रु. १,०८,०००।–
८) सुनको छापावाला औठी १ तोलाको १ थान रु.१,०८,०००।–
९) सुनको टप आधा तोला १ जोर  रु . ५४,०००।–
१०) सुनको झुम्का एक तोला १ जोर रु. १,०८,०००।–
११) डायमण्डको फुली १ थान रु .३५,०००।–  समेत गरी जम्मा मुल्य रु ११,४५,०००।– बराबरको चोरी भएको 

Comments