कसरी भयो चाँंगुनारायणको जितपुरका कार्कीको निधन ?
असार २७, २०८०, बुधबार | विहान ०९:४७ बजे | 25
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ जितपुर बस्ने बर्ष ४७ को श्रीराम कार्की मंगलबार विहान अन्दाजी ११ ः०० बजेको समयमा आफ्नै घरबाट हिडेकोमा विहीबार विहान १०ः०० बजेको समयमा निजकै बा.३८ प ९६२३ नं. को मो.सा.धरमारउदै चलाई घर आइपुगेको र मो.सा. पार्किङ गर्न जाँदा एक्कासी बेहोस भई लड्न जाँदा निधन भएको छ । निजको छोरा बर्ष २५ को मनिष कार्कीले उपचारको लागी भक्तपुर अस्पताल लगेकोमा ११ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । वृत्त जगातीबाट अन्दाजी ७ कि.मि.पुर्व उत्तर पर्ने घटनास्थल मुचुल्काको लागी बृत जगातीबाट प्र.नि. सुन्दर चौलागाईको कमाण्डमा ४ जनाको टोली खटिएको जनाएको छ । लासजाँच मुचुल्काको लागी परिसरबाट प्र .स.नि. बिदुर कटुवालको कमाण्डमा ३ जनाको टोली खटिएको छ । घटनाबारे भक्तपुर अस्पतालबाट जानकारी पाएको प्रहरीले जनाएको छ ।