चाँंगुनारायणको त्रिशुलडाडामा भुण्डिएर एकजनाको मृत्यु


असार २७, २०८०, बुधबार | विहान ०५:४९ बजे | 40


चाँंगुनारायणको त्रिशुलडाडामा भुण्डिएर एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको चागुनारायण न.पा.४ त्रिशुलडाडास्थित गंगारानी सामुदायिक जंगलमा झुण्डिएर मृत अवस्थामा बुधबार फेला परेको छ । चागु नपा ४ छाप गुरुङ टोल बस्ने बर्ष ३२ को अर्जुन तामाङ मौवाको     रुखमा नाईलनको डोरी घाटीमा पासो लगाई झुण्डी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रभाग खरिपाटीबाट प्र.ना.नि.सोम हेन्जनको कमाण्डमा ५ जनाको टोली खटी गएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा घटनास्थल मुचुल्का कार्य हुदै गरेको जनाएको छ । उक्त स्थान परिसर भक्तपुरबाट ७ कि.मि. पुर्ब उत्तर पर्दछ । खबर प्राप्त ०८ः५० बजे र प्रहरी पुगेको ०९ः०० बजे रहेको जनाएको छ । बुधबार विहान ११ः०० बजे  लाश पो.मा.को लागी भक्तपुर अस्पताल लगेको छ । लाश पो.मा .पश्चात आफन्तले बुझि लगेको छ ।  

Comments