छालिङका वडा अध्यक्ष दुर्घटनामा ः कार खेतमा ः मापासे जाँंच गर्दै प्रहरी


असार २५, २०८०, सोमबार | दिउँसो ०३:५९ बजे | 25


छालिङका वडा अध्यक्ष दुर्घटनामा ः कार खेतमा ः मापासे जाँंच गर्दै प्रहरी

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ वन्टीमा सोमबार सांझ दुर्घटना भई एकजना वडा अध्यक्ष घाइते भएका छन् । देकोचाबाट चाँगुतर्फ जाँदै गरेको बा १२ च १९३० नं को कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिङका वडा अध्यक्ष  बर्ष ४५ को जयेन्द्र खड्का घाइते भएका हुन् । दुर्घटनापछि उपचारको लागी स्थानीय मेडिकल पठाइएको थियो । सामान्य उपचारपस्चात डिस्चार्ज भएको भक्तपुर प्रहरीले जनाएको छ । उनको खुट्टामा सामान्य चोट लागेको छ । कार चालकको आफन्तको साथमा रहेको थियो । उक्त स्थानमा प्रभाग व्यासीबाट प्र.ब.ना.नि रामचन्द्र पोख्रेलको टोली खटिएको थियो । दुर्घटनास्थल परिसर भक्तपुरबाट अन्दाजीं ३ किलोमिटर उत्तरमा पर्दछ । प्रहरीलाई खबर प्राप्त ६ बजे भएको थियो । खवर पाएको पाँंचै मिनेटमा त्यहाँे प्रहरी पुगेको थियो । वडा अध्यक्ष मापासे सेवन गरेको हो कि होइन चेक जाँंचको लागि टाफिक प्रहरी पुगेको प्रहरीले जनाएको छ । 

Comments