दधिकोटकी ११ वर्षीया बालिकाद्धारा आत्महत्या


असार २४, २०८०, आइतबार | विहान १०:३२ बजे | 35


दधिकोटकी ११ वर्षीया बालिकाद्धारा आत्महत्या

भक्तपुरको सूर्यबिनायक नगरपालिका ४ गाम्चा चोक नजिक बस्ने बर्ष ६७ की कृष्णलक्ष्मी मान्नधरसँगै बिगत १ महिनादेखि साथीको भूमिकामा बस्दै आइरहेकी दोलखा शैलुङ गाँउपालिका नं ८  घर भई हाल दधिकोट बस्ने धर्मबहादुर कार्कीको छोरी अन्दजी बर्ष ११ की रीना कार्कीले आइतबार विहान आत्महत्या गरेकी छिन् । २ तले माटो र काँचो ईट्टाले बनेको घरको दोश्रो तलामा रहेको काठको बलोमा रातो रंगको सलको पासो लगाई झुण्डी मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट प्र.ना.नि.श्याममणी गुरागाँईको ४ जनाको टोली ११ः१६ बजेको समयमा खटी गई घटनास्थल सुरक्षित राखिएको थियो । घटनाबारे थप अनुसन्धान तथा मुचुल्का कार्यको लागी बृत्त ठिमीबाट प्र.नि.संजिव वलीसहितको टोली खटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उक्त स्थान बृत्त ठिमीबाट ४ कि.मि.दक्षिण पर्दछ ।

Comments