ताथलीमा झैझगडा ः दुई जना घाइते, दुई जना पक्राउ


असार २३, २०८०, शनिबार | विहान ०७:१६ बजे | 45


ताथलीमा झैझगडा ः दुई जना घाइते, दुई जना पक्राउ

भक्तपुर । भक्तपुरको चागुनारायण न.पा.९ ताथली गोठालेचौरमा लेनदेन सम्बन्धी विबादका क्रममा झै–झगडा भएको छ । झैझगडामा परी दुई जना घाइते भएका छन् भने तीन जनालाई नियन्त्रणमा लिइएको छ । घाइतेहरुलाई उपचारका लागि भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा लगिएको थियो ।  
घाइते हुनेहरुमा सिन्धुली कमलामाई न.पा.१ बस्ने बर्ष ३५ को पुर्ण स्याङ्तान रहेको छन् । उनको अबस्था बोल्न सक्ने, टाउकोमा काटिएको चोट (मध्यम) थियो । उनी हाल डिस्चार्ज भएका छन् । साथै अन्य घाइते भक्तपुरको चागुनारायण न.पा.९ ताथली गोठालेचौर बस्ने बर्ष ४४ को सुदिप कार्की रहेका छन् ।सुदिपको अबस्था बोल्न सक्ने, टाउकोको दाइने भागमा काटिएको चोट (मध्यम) रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि जिल्लाकै मध्यपुर अस्पताल अस्पताल थिमि लगिएको थियो । हाल उनी त्यताबाट डिष्चार्ज भएको जनाइएको छ । 
झगडामा सलग्न भक्तपुरको चागुनारायण न.पा.९ ताथली गोठालेचौर २.मा बस्ने सिन्धुली मरिण गा.पा.४ बस्ने बर्ष ३५ को भीमबहादुर घिसिङ, सोही.गा.पा.५ बस्ने बर्ष ४१ को अयेमान गोले र बर्ष ५१ को देवेन्द्र खड्का रहेका छन् ।
झगडामा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई वृत्त जगातीमा ल्याई राखिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उक्त स्थानमा वृत्त जगातीबाट प्र.नि.बासु खरेलको कमाण्डमा टोली खटी गएको थियो । उक्त स्थान वृत्त जगातीबाट ७ कि.मि.उत्तर पूर्ब पर्दछ । 

Comments