सृजनानगरको एउटा घरबाट १२ लाख बराबरको सुन र नगद चोरी


असार २२, २०८०, शुक्रबार | विहान ११:०८ बजे | 70


सृजनानगरको एउटा घरबाट १२ लाख बराबरको सुन र नगद चोरी

भक्तपुर । भक्तपुर नगरपालिका १ सृजनानगरमा रहेको रसना देबी श्रेष्ठको साढे २ तल्ले घरको माथिल्लो तल्लामा रहेको किचन कोठाको झ्यालबाट सँगै जोडीएको कोठाभित्र प्रबेश गरी काठको दराज माथि रहेको चाँबीले दराज खोली दराजभित्र रहेका धनमालहरु चोरी भएको छन् । चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ प्रभाग कटुन्जेबाट प्र.ना.नि. प्रेम सिँह कुवँरको टोली खटिगएको र थप मुचुल्काको लागि वृत्त जगातीबाट प्र.नि सुन्दर चौलागाईको टोली खटिगएको भक्तपुर प्रहरी परिसरल जनाएको छ । ,उक्त स्थान वृत्त जगातीबाट ३ कि.मि. पश्चिममा पर्दछ । थप अनुसन्धान कार्य जारी छ । 
चारीको विवरण निम्न छन् । 
१) सुनका चुरा २ थान ३ तोला रु.३,३०,०००।–
२) सुनको सिक्रि १ थान ३ तोला रु. ३,३०,०००।–
३) सुनको औठि ४ थान २.५ तोला रु.२,७५,०००।–
४) सुनको मङगलसुत्र १ थान १ तोला रु.१,१०,०००।–
५) सुनको कानमा लगाउने टप २ थान आधा तोला रु.५५,०००।–
६) सुनको लगेज १ थान आधा तोला रु.५५,०००।–
७) नगद रु. ३०,०००।–
   जम्मा ११,८५,०००।–

Comments