ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक लाश फेला


असार २०, २०८०, बुधबार | दिउँसो ०२:३९ बजे | 20


ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक लाश फेला

भक्तपुर । भक्तपुर नगरपालिका २ ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा हाल यकिन नामथर वतन नखुलेको अन्दाजी ३५÷४० बर्षको पुरुष व्यक्ति उत्तानो अबस्थामा मृत फेला परेको छ । खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रभाग व्यासीबाट प्र.ब.ना.नि.रामचन्द्र पोखरेलको कमाण्डमा टोली खटी गएको,प्रहरीले जनाएको छ । साथै घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागी परिसर भक्तपुरबाट प्र.नि.लोक ब.जि.सी.को टोली खटी गएको भक्तपुर प्रहरीले जनाएको छ । लास सोही स्थानमा रहेको जनाइएको छ । थप अनुसन्धान कार्य जारी रहेको छ । उक्त स्थान परिसर भक्तपुबाट १ कि.मि.उत्तर पर्दछ । प्रहरीलाई खबर प्राप्त ०७ः३० बजे भएको र प्रहरी पुगेको ०७ः३५ बजे जनाएको छ । खवर पुगेको पाँंच मिनेटभित्र घटनास्थलमा प्रहरी पुगेको जनाएको छ । 

Comments