सूर्यविनायकमा दुर्घटना ः ८० वर्षीय बृद्ध घाइते ः दाजिलिङ हाईटका वुढा पक्राउ
असार १९, २०८०, मङ्गलबार | साँझ ०४:०६ बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं ८ गणेश मन्दिर अगाडि मोटरसाइकलले एकजना बृद्धलाई ठक्कर दिएको छ । घ्यापेडाँडाबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बा ७९ प ७३४३ नं.को मोटरसाइकलले पैदलयात्री भक्तपुर सूर्यबिनायक न.पा. ८ सिपाडोल बस्ने बर्ष ८० को बिष्णुबहादुर. थापा मगरलाई ठक्कर दिएको हो । ठक्करपछि घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेको प्रहरीले जनाएको छ ।
उनको अवस्था बोल्न सक्ने, टाउको पछाडि सुनिएको चोट, ढाडमा भित्री चोट, बाँया हातमा दछारिएको चोट देखिएको जनाइएको छ । उनको उपचारमा छोरा संलग्न रहेका छन् ।
,ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चाकल दैलेख दुव्येश्वर न.पा. ४ घर भई हाल भक्तपुर दाजिलिङ हाईट बस्ने बर्ष २१ को जीबनबहादुर बुढा वृत्त जगातीको नियन्त्रणमा रहेको छ । उक्त स्थान वृत्त जगातीबाट २ कि.मि.पश्चिम दक्षिण पर्दछ ।