गुण्डुमा दुर्घटना ः पाण्डुबजार बस्ने बुबाको मृत्यु ः छोरी घाइते
असार १७, २०८०, आइतबार | विहान ०७:०० बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तीनधारेमा शनिबार राति गुण्डुबाट पाण्डुबजारतर्फ आँउदै गरेको बा. ९३ प. ५८८१ नं.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने बर्ष ४५ को कृष्ण कुमार त्वाटीको निधन भएको छ । दुर्घटनापछि गम्भिर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटी पछाडि सवार निजको छोरी बर्ष १९ की अनिता त्वाटी सामान्य घाईते भएकोमा उपचार पश्चात डिस्टार्च भईसकेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटना भएको स्कुटी वृत्त जगातीमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।