एकै परिवारका तीनजनाको लाश फेला
भदौ २६, २०७७, शुक्रबार | दिउँसो ०२:४५ बजे | 0
भक्तपुर । भक्तपुरको निकोसेरामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित तीनतल्ले घरमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका हुन ।
मृतकहरुमा ३६ वषीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ बर्र्षीय सम्झना र उनीहरुका छोरा १५ बर्षीय सुशान्त रहेका छन् । साथमा घरमा पालिएका कुकुर पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत थिमिका प्रमुख डीएसपी श्रृषिराम कँडेलले एकै परिवारका ३ जनाको शंकास्पद लाश फेला परेकोल तत्काल नै अनुसन्धान थालेको जनाए । मृतकका भाई सुनिल अधिकारीका अनुसार उनी घर आइपुग्दा घरको दोस्रो तल्लामा कुकुर र भाउजु सम्झनाको शव फेला परेको बताएको प्रहरीले जनाएको छ । साथै तेस्रो तलामा सुशान्त र माथिलो तल्लामा सुदिप अधिकारकिो शव फेला परेको बताएको प्रहरीले जनाएको छ ।
घट्नास्थाल हेर्दा हत्या केही दिन पहिले भएको जस्तो देखिएको बताइएको छ । यसअघि घटनास्थलमा भक्तपुरका एसपी तारादेवी थापालगायतका बिशिष्ट प्रहरी घटनास्थल पुगेका थिए ।