बेवारिसे लाश फेल
भदौ २३, २०७७, मङ्गलबार | दिउँसो १२:४६ बजे | 25
भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ नलिन्चोक खत्री गाउस्थित सानो खोल्साको किनारमा रहेको जंगलमा सडी गलेको अवस्थामा मंगलबार एक जनाको लाश फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीषक एसपी तारादेवी थापासहितको अनुसन्धान अधिकृतको प्रहरी टोली घटनास्थलमा पुगी हेर्दा खोलाको किनारमा रहेको अच्युत खत्रीको पाखोबारीमा बाँसका साथै अन्य रुख बिरुवाहरु भएको जंगलको सानो सम्म जग्गामा टाउकोको भाग पुर्ण रुपमा सडी गली सकेको, जिउको भाग सडे गलेको कारणले लिङ्ग छुट्याउन नसकेको घोप्टो अवस्थामा बेवारिसे लाश फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कानुन बमोजिम घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्कालगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टमको लागी काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाई अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ ।
मृतक के कहाँको को हुन् भन्ने हालसम्म खुल्न बुझिन नआएको हुँदा निम्न लिखित हुलियाको बिवरण खुलाई सम्बन्धित अभिभावकसम्म सूचना पु¥याई अनुसन्धान कार्यमा सहयोग पु¥याईदिन हुन समेत परिसरले अनुरोध गरेको छ । हुलिया ५ फिट ४ ईन्च उचाई, निलो जिन्स पाईन्ट, कालो भुईमा रातो धर्का भएको ज्याकेट, कालो टि सर्ट लगाएको टाउकोको भाग पुर्ण रुपमा सडी गली सकेको, शरीरको भाग पुर्ण रुपमा सडी गली नसकेको देखिएता पनि लिङ्ग छुट्याउन नसकिने अवस्थामा अन्दाजी ३० बर्ष जस्तो देखिने मृतक लाश रहेको जनाइएको छ ।