१३ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ


जेठ २१, २०७७, बुधबार | साँझ ०४:१४ बजे | 0


भक्तपुर, जेठ २१
भक्तपुर नगरपालिका वडा नं. २ ब्यासीमा आफ्नै कोठामा बसेकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एकजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग ब्यासीबाट प्रहरी अधिकृतको टोलीले काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ४ स्थायी घर भई भक्तपुर नगरपालिका वडा नं. २ बस्ने बर्ष ३१ को मोहन तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरी पुगी बुझ्दा फुपुफुपाजुसंग बस्दै आएकी बालिकालाई फुपुफुपाजु गलैचा कारखानामा काममा गएको मौका पारी विहान आठ बजे बालिकाको मुख थुनी भाग्न उम्किन नदिई जबरजस्ती करणी गर्न लाग्दा बालिकाको फुपाजु पुगेपछि भागी फरार भएको उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । निज तामाङलाई खोजतलास गरी तत्कालै नियन्त्रणमा लिई कानूनको रीत पु¥याई भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments