बोजिनी ड्याममा एकको मृत्यु
भदौ १६, २०७७, मङ्गलबार | विहान ११:०३ बजे | 30
भक्तपुर । पोखरीमा डुबी एकजनाको मृत्यु भएको छ । सोमबार अन्दाजी २ बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल बोजिनी रिसोर्ट नजिकै रहेको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । जिल्ला पाँचथर तुम्बेवा गाउँपालिका ४ घर भई हाल ऐ.ऐ. सुडाल बस्ने बर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावा पोखरीमा डुबी बेपत्ता भएको भन्ने जानकारी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी अधिकृत सहितको उद्दार टोली खटी उद्दार गर्न प्रयास गर्दा सोमबार मौसमको प्रतिकुलताका कारण उद्दार गर्न नसकिएको हुँदा आज महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रमुख प्र.उ. तारा देबी थापा, सुर्य बिनायक गणका गणपति शिब प्रसाद पौडेलका साथै शसस्त्र प्रहरी बल नेपाल २० नं. गण बिपद ब्यवस्थापन सिनामंगलबाट खटि आएको उद्दार टोली सहित दुवाकोट गणका गणपति समेत पुगी पानीमुनी पसी तलास गर्दा लेदोमा गाडीएको अवस्थामा मृतक लाशलाई फेला पारेको प्रहरी सुचना अधिकृत दिपक गिरीले बताए ।लासलाई कानूनी प्रक्रिया पुरा गरी पोष्टामार्टमको लागी के.एम.सी. अस्पताल दुवाकोट लगिएको बताइएको छ । मृतक योगेन्द्र लिम्बु सावा सगै पौडी खेल्न गएका प्रकाश लिम्बु समेत संग सोधपुछ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।