भक्तपुरको मध्यपुर थिमि शंखधर चोकमा दुर्घटना
माघ ५, २०७९, बिहीबार | विहान ११:२४ बजे | 0
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि शंखधर चोकमा बिहीबार मोटरसाइकलबाट ठक्कर दिंदा एकजना एकजना महिला घाइते भएकी छिन् । भक्तपुरबाट काठमाडौतर्फ जाँंदै गरेको बा ८४ प ८४११ नम्वरको मोटसाइकलले ठक्कर दिदा पैदलयात्री वर्ष २१ की सुप्रिया सापकोटा घाइते भएकी हुन् । मकवानपुर हेटौडा नगरपालिका ३ घर भई हाल चारचोबाटोमै डेरा गरी वस्ने घाइते सुप्रियाको अहिले नजिकैको नागरिक कम्युनिटी अस्पताल गठाघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी हाल बोल्न सक्ने, दाइने हातको कुइनोमा सिनिएको, पेटमा भित्री चोट लागेको अवस्थामा रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । मोटरसाइकल चालक भक्तपुर पाण्डुवजार वस्ने वर्ष १८ को धर्मेन्द्रकुमार कुसवाह र मोटरसाइकललाई पक्राउ गरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।