नेट अफिसको मान्छे भन्दै आठ लाख वढीको सामानहरु चोरी


माघ २, २०७९, सोमबार | विहान ०७:३३ बजे | 25


नेट अफिसको मान्छे भन्दै आठ लाख वढीको सामानहरु चोरी

भक्तपुर । भक्तपुरमा नेट अफिसको मानिस भन्दै घरभित्र प्रवेश गरी चोरी गर्ने एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका ८ भीमढुंगा वस्ने वर्ष ३२ को विष्णुप्रसाद जोशीलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । टिभी र नेटवर्कको सर्भिस दिने ग्राहक वितरण केन्द्रबाट उनले ६ लाख बराबरको हुवाई स्विच थान १, दुई लाख बराबरको एसएफपी कनेक्टर १६ थान र दस हजार बराबरको प्याचकार्डहरु चोरी गरेको परिसरका प्रमुख एसपी प्रजित केसीले बताए । उनलाई डेरा गरी वस्ने भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठाघर चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

Comments