यति एयरलाइन्सको जहाज दुर्घटना ः आठजनाको शव फेला
माघ १, २०७९, आइतबार | विहान ०६:१४ बजे | 0
पोखरा : ६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार छन्। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्। विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।