भक्तपुरमा टहरामा झुन्डिएर आत्महत्या


पुष २९, २०७९, शुक्रबार | विहान ०५:२७ बजे | 0


भक्तपुरमा टहरामा झुन्डिएर आत्महत्या

भक्तपुर : भक्तपुरमा टहरामा झुन्डिएर एकजनाले आत्महत्या गरेका छन् । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४२ वर्षीय निरज थापाले सेतो नाइलनको डोरीको पासो लगाइ आत्महत्या गरेको प्रहरीले बताएको छ।

मध्यपुरठिमी नगरपालिका ९ बोडे सिन्टिटार स्थित क्रियापुत्री भवनमा जोडिएको जस्ताको टहराको छानाको फलामको डन्डीमा सेतो नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा पाएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए । 

शव पोष्टमार्टमका लागि दुवाकोट अस्पताल लगिएको पाण्डेले जनाए ।

Comments