भक्तपुरका एसपीलाई ५० हजार घुसको अफर गर्ने दुईजना पक्राउ


पुष २८, २०७९, बिहीबार | दिउँसो ०२:४५ बजे | 0


भक्तपुरका एसपीलाई ५० हजार घुसको अफर गर्ने दुईजना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीलाई घुस दिन खोज्ने दुईजनालाई बिहीबार कार्यालय हाताभित्रबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गल्छी गाउँंपालिका ५ बस्ने बर्ष ४१ को अर्जुन तामाङ र सोही स्थान बस्ने बर्ष ३२ को बिरोध तामाङ रहेको भक्तपुर प्रहरी परिसले जनाएको छ । 
परिसरका अनुसार दिउँंसा पौने चार बजे भक्तपुर नगरपालिका ३ स्थित परिसर भक्तपुरको कार्यालय प्रमुख (एसपी) प्रजित केसीको नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस पैसा दिन्छु भनेका थिए । त्यसपछि परिसर भक्तपुरको सादा पोशाकमा खटिने प्रहरी खटाइ ९८६००००७१६ नं.को मोबाइलबाट फोन सम्पर्क उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनका अनुसार  लागु औषध (पोल्याण्ड) मुद्धाको अनुसन्धानमा परिसर भक्तपुरमा पुस २६ गतेदेखी नियन्त्रणमा रहेको धादिङ गल्छी गा.पा.५ बस्ने बर्ष ३१ को गोबिन्द तामाङको मुद्धा मिलाई छुटाई दिएमा नगद रु पचास हजार घुस दिन्छु भनी उनीहरुले प्रलोभनमा पार्न खोजेका थिए । आफ्नो साथमा नगद लिई परिसर भक्तपुरको कार्यालयमा आएका उनीहरुलाई परिसरको हाताभित्रै नियन्त्रणमा लिएको जनाइएको छ । परिसर हाताभित्र रहेका उनीहरुसँंग खानतलासी गर्दा अर्जुन तामाङको साथबाट नगद रु ५७ हजार पाच सय र कार्यालयमासंगै आएका दुबै जनाको साथबाट सोही नम्बरको फोन र अर्को १ थान गरी जम्मा २ थान मोबाइलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई परिसर भक्तपुरमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

Comments