बालकोटमा सिलिण्डर विस्फोट, एकजना घाइते


पुष २५, २०७९, सोमबार | विहान १०:५२ बजे | 20


बालकोटमा सिलिण्डर विस्फोट, एकजना घाइते

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा सोमबार ग्यास सिलिण्डर फडकेर क्षति भएको छ । स्थानीय वर्ष ६५ का रामप्रसाद थपलियाको साढे दुई तल्ले घरको बाहिरतर्फ भ¥याङमा सटाएर बनेको भान्साकोठामा ग्यास सिलिण्डरबाट लिक भएको ग्यास जम्मा भई एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ । 
विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किग गरी राखेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । विस्फोटबाट निजकी श्रीमती तारा घरे थपलिया घाइते भएको परिसरका सूचना अधिकृत राजु पाण्डेल ेजनाए । उनको अवस्था सामान्य रहेको जनाइएको छ । 

Comments