घाइते महिलाको उपचारको क्रममा मृत्यू


पुष २३, २०७९, शनिबार | विहान ११:२४ बजे | 20


घाइते महिलाको उपचारको क्रममा मृत्यू

मिति २०७/९/२३ गते ११:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थितमा सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएको वर्ष ३६ की सृजना महर्जन घर बाहिरको बराण्डमा रहेको धारामा लडि घाइते भए पश्चात निजकै छोरा वर्ष १४ को सुलभ महर्जन थाहा पाई घर धनि छिमेकीहरु मिलि उद्दर गरी उपचारको लागि कोरियन अस्पताल ठिमी भक्तपुर लगेको खवर प्राप्त भएकोमा घाइतेको उपचारकै क्रममा ऐ. मितिको १२:२० बजेको समयमा मृत्यू भएको । घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट आवश्यक अनुसन्धान कार्य  भईरहेको ।

Comments