देवी माविमा पढ्ने दाजुद्धारा आफनै बहिनीमाथि कुटपिट


पुष २१, २०७९, बिहीबार | विहान ११:१८ बजे | 0


देवी माविमा पढ्ने दाजुद्धारा आफनै बहिनीमाथि कुटपिट

भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ९ फैढोकास्थित एउटा स्कुलमा दाजुद्धारा बहिनीमाथि कुटपिट भएको छ । देवी मावि कक्षा ९ मा अध्ययनरत रामेछाप खाणदेवी गाउँंपालिका ५ घर भई हाल सोही ठाउँंमा डेरा गरी बस्ने वर्ष १५ की विनिता श्रेष्ठलाई सोही स्कुलमा कक्षा १० मा पढ्ने दाजु वर्ष २० विनोदले कुटपिट गरेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार बहिनीलाई स्कुल परिसमा कुटपिट भएको हो । घटनाबारे थप बुझन सुडाल प्रहरी प्रभागबाट प्रहरी घटनास्थल पुगेको उनले जनाए । प्रारम्भिक जानकारी अनुसार किन पिटेको भन्ने प्रश्न गर्दा यो हाम्रो घरायसी माकला हो, आमाबुबालाई बोलाइदिनु म प्रहरी कार्यालय भन्छु भनी कुटपिट गर्ने विद्यार्थीले बताएको जनाइएको छ । 

Comments