बोडे मनहरा पुल नजिक दुर्घटना, एकजनाको मृत्यु


मंसिर २४, २०७९, शनिबार | विहान ०५:४३ बजे | 25


बोडे मनहरा पुल नजिक दुर्घटना, एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे मनहरा पुल नजिकै भएको दुर्घटनामा परी चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटना विहीबार दिउँं दुई वजेतिर भएको थियो । दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको अहिले मृत्य भएको हो । दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्दने लामालाई नियन्त्रणमा लिइएको जनाए । 

Comments