भक्तपुरको पुरानो जगातीको मन्दिरबाट पाँंच वटा घण्टाहरु चोरी


मंसिर २०, २०७९, मङ्गलबार | विहान ०९:५७ बजे | 40


भक्तपुरको पुरानो जगातीको मन्दिरबाट पाँंच वटा घण्टाहरु चोरी

भक्तपुर । भक्तपुरको पुरानो जगातीस्थित गणेश मन्दिरबाट घण्टाहरु  चोरी भएका छन् । भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीस्थित मन्दिरबाट पाँंच वटा घण्टाहरु चोरी भएका हुन् । मन्दिरमा मूर्ति अगाडि राखिएका पाँंच वटा घण्टीहरु सोमबार राति चोरी भएका हुन् । मन्दिरमा पूजा गर्दा बजाइने घण्टाहरु चोरी भएका हुन् । 
स्थानीयले बताए अनुसार अर्काे घण्टी पनि चोर्ने असफल प्रयास गरिएको देखिएको छ । तर त्यो निकाल्न नसकेर त्यतिकै बाँंकी रहेको छ । 
स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीन वटा र सानो दुई वटा गरी पाँंच वटा घण्टीहरु चोरी भएका हुन् ।
मन्दिर भक्तपुर प्रहरी प्रभाग जगातीबाट झण्डै दुई तीन सय मिटर पूर्वमा रहेको छ । मन्दिरमा तीन वटा मूर्तिहरु रहेका छन् । यो भक्तपुरकै एउटा पुरानो मन्दिर हो । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको पुरानो जगातीको मन्दिरबाट पाँंच वटा घण्टाहरु चोरी

Comments