मध्पयपुर थिमिको मिलरोडमा आफनै घरको छतबाट खसेर मृत्यु
मंसिर १६, २०७९, शुक्रबार | विहान ०६:१८ बजे | 0
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिलरोडमा बिहीबार राति आफनै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान भएको छ । मिलरोडमा रहेको भुबन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तल्लाबाट खसेर छोरा १७ वर्र्षीय भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।
घरबाट खसेर छिमेकीको घर कम्पाउण्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारको लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएको घटनाबारे थप जानकारी लिने काम भइरहेको जनाए ।