भक्तपुरको कासन पुलमा दुर्घटना ः खेलिरहेका ७ वर्षीय बालकको मृत्यु


मंसिर ३, २०७९, शनिबार | विहान ०६:४० बजे | 30


भक्तपुरको कासन पुलमा दुर्घटना ः खेलिरहेका ७ वर्षीय बालकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी कासन पुलमा शनिबार झौखेलबाट ब्यासीतर्फ आउदै गरेको बा ५ ख ९१४२ नं. को पानी ट्याङ्करले ठक्कर दिंदा एकजाको मृत्यु भएको छ । घटनामा परी रामेछाप सुनापाती गाँउपालिका वडा नं. ४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा बर्ष ७ को बिवेश तामाङको मृत्यु भएको हो । सडकमा खेलीरहेको अवस्थामा ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक बस्ने बर्ष ४५ को सिताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए । 

 

Comments