सल्लाघारीमा भयानक दुर्घटना, एकजनाको मृत्यु


कार्तिक २७, २०७९, आइतबार | विहान ०५:३९ बजे | 0


भक्तपुर । भक्तपुरको सल्लाघारी डा इवामुरा मेमोरियल अस्पताल नजिक दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुदै सल्लाघारीतर्फ जादै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक पाुचखाल नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ को सन्दिप वस्नेतको मृत्यु भएको हो ।
दुर्घटनापछि नजिकै रहेको डा.ईवामरा हस्पिातल लगिएकोमा उपचारकै क्रममा उको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दर्घटनामा संलग्न दुर्ब सवारीसाधन र कार चालक भक्तपुर नगरपालिका वडा न नं. ४ पोटरीस्क्वायर बस्ने वर्ष २० को आयुष कायस्थ परिसर भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनास्थलमा प्रहरी परिरसर भक्तपुरबाट अनसुन्त्धान अधिकृतसहितको सहितको टोली खटिई गई थप अनसुन्त्धान कार्य भइरहेको जनाइएको छ । 

Comments