साठोठिमीको भित्री सडकमा दुर्घटना, एकजनाको मृत्यु, तीनजना घाइते
कार्तिक १७, २०७९, बिहीबार | दिउँसो ०३:०३ बजे | 0
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी हलेसीमार्ट नजिक भित्री सडक खण्डमा दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ ।
बागमति प्रदेशको २६८७ नं. को स्कुटी र बाग्मती प्रदेश–०२–०३७ प १८५२ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडी सवार धादिङ गजुरी गाँउपलिका वडा नं. ७ घर भई हाल काठमाण्डौ नयाँबजार बस्ने बर्ष १७ की आयुषा सुवेदीको मृत्यु भएको हो । नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा उनको साँंझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनामा परी उनीसहित चारजना घाइते भएका छन् । स्कुटी चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मगरगाँउ बस्ने वर्ष ३५ की पुष्पा थापा मगर । (बि एण्ड बि अस्पतालमा उपचार भईरहेको ।) स्कुटीको पछाडि सवार चालकको छोरा वर्ष ७ को समर्जन थापामगर (बि एण्ड बि अस्पतालमा उपचार भईरहेको ।) र मोटरसाईकल चालक झापा कमल गाँउपलिका घर भई हाल सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने बर्ष १८ को करण दाहाल (नेपाल कोरिया मैत्री अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भई वृत ठिमीमा ल्याई राखिएको ।) हुन् । दुर्घटनापछि ४ रै जना मानिसहरुलाई उपचारका लागि नेपाल कोरिया मैत्री अस्पताल भक्तपुर र बि.एण्ड बि. अस्पताल ललितपुर लगिएकोमा मोटरसाईकल पछाडी सवार जिल्ला धादिङ गजुरी गाँउपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ नयाँबजार बस्ने वर्ष १७ की आयुषा सुबेदीको उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटिई गई अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।