१२ बर्षदेखि फरार अपराधी पक्राउ


असोज ३१, २०७९, सोमबार | विहान १०:४३ बजे | 0


भक्तपुर । भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एकजना कैदीलाई पक्राउ गरेको छ । २०६७ माघ २४ गते राति दाङ साबिक सैघा गाबिस वडा नं. २ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका वडा नं.१९) बस्ने बर्ष ३२ का सूर्यबहादुर रानालाई कर्तब्य गरी मारिएको कर्तब्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० बर्ष) कैद सजाय फैसला भएका थिए । त्यसबेला हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगम चोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । निज रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरिएको उनले जनाए ।

Comments