चित्तापोलको पिस फुल रिसोर्टमा १६ वर्षीया नावालिकामाथि ताथलीका युवाबाट बलात्कृत
असार २७, २०७९, सोमबार | विहान १०:४० बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोलमा रहेको पिस फुल रिसोर्टमा बर्ष १६ की नाबालिकालाई जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने वर्ष २७ को टिकाराज कटुवालले जबरजस्ती करणी गरेको छ । करणी गरेको भनी पिडित बालिकाको आफन्तले प्रहरी वृत जगातीमा दिएको जाहेरी दरखास्तको आधारमा प्रतिवादीलाई कानून बमोजिम नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान कार्य भइरहेको परिसरका निमित सूचना अधिकृत लोकबहादुर जिसीले जनाए ।