लिवालीका सत्यराम कर्मचार्य प्रहरी नियन्त्रणमा
असार २४, २०७९, शुक्रबार | विहान ०४:५६ बजे | 0
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलमा देकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा. ५ ख. ५४२३ नं. को निशान मिनी ट्रकमा सोही दिशातर्फ जाँदै गरेको बा. ६७ प. ८४२२ नं. को स्कुटीले ओभरट्याक गर्ने क्रममा मिनि ट्रकमा ठक्कर खान जाँदा स्कुटी चालकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी बस्ने बर्ष ३२ को माधब बस्नेत गम्भीर घाइते भएकोमा उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा थप उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित दुबै सवारी साधन र ट्रक चालक अनि भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने बर्ष ४३ को सत्यराम कर्मचार्यलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको बताइएको छ