गठाघरमा दुर्घटना ः एकको मृत्यु, अर्का एकजना घाइते


असार २१, २०७९, मङ्गलबार | दिउँसो ०२:४३ बजे | 0


गठाघरमा दुर्घटना ः एकको मृत्यु, अर्का एकजना घाइते

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि मंगलबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा. ४ ख. २२१२ नं. को बस र सोही दिशातर्फ जाँदै गरेको बा. ७८ प. १०८३ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटीको पछाडि सवार रामेछाप घर भई हाल काठमाडौ जडिबुटीस्थित बर्गर हाउसमा काम गर्ने बर्ष २४ की रेजिना तामाङको मृत्यु भएको हो ।
स्कुटीमा रहेका अर्का घाइते स्कुटी चालक रामेछाप दोरम्बा गाउपालिका. वडा नं. ५ घर भई हाल काठमाडौ जडिबुटी बस्ने बर्ष १८ को सिद्धार्थ मगरको उपचार भइरहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।
घटनास्थलमा प्रहरी वृत थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित दुबै सवारी साधन र बस चालक काभ्रेपलान्चोक तिमाल गा.पा. वडा नं. ५ नारायणस्थान बस्ने बर्ष ५० को पोते तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Comments