चितुवाको आक्रमणबाट ज्यान गयो


जेठ ३१, २०७९, मङ्गलबार | दिउँसो ०३:२३ बजे | 20


चितुवाको आक्रमणबाट ज्यान गयो

बिराज अधिकारी तनहुँ श्रृंखलावद्ध आक्रमणका घटना भएको केही दिनमै बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । ज्यान जानेमा बन्दीपुर १ बडीस्वाँरा निवासी चार वर्षका सुप्रिम बगाले मगर छन् । प्रेम बगाले मगरका छोरा उनी आँगनमै घर आगनमा खेलिरहेका बेला चितुवाले झम्टेर लगेको थियो । घरबाट करिब दुई सय मिटर पर छपेली सामुदायिक वनमा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । केही दिन अघि नै वन डिभिजनले चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि पासो राखेको थियो । डिभिजनले बालबालिकालाई एक्लै नछाड्न आग्रह गरे पनि घरमै खेलेका बालकले ज्यान गुमाउनुपरेको छ । उनी आफ्नी दिदीसँग आँगनमा खेलिरहेको अवस्थामा चितुवाले टिपेर लगेको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।


Comments