अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा दिउँसोबाट साना तथा मझौला सवारी साधन सञ्चालनमा


जेठ २७, २०७९, शुक्रबार | दिउँसो ०२:०३ बजे | 0


अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा दिउँसोबाट साना तथा मझौला सवारी साधन सञ्चालनमा

बिराज अधिकारी तनहुँ सडक भासिएका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडकखण्डमा दिउँसोबाट साना तथा मझौला सवारी साधन सञ्चालनमा आइरहेका छन् । तर प्रशासनले साँझ ७ बजेसम्म उनीहरु प्रवेश गरिसक्नुपर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले पहाड खनेर तत्कालका लागि एकतर्फी रुपमा माइक्रो, कार र बाइक चलेको भन्दै जोखिमका कारण राती ती पनि सञ्चालनमा रोक लगाइएको बताए । भोलिपल्ट बिहान ५ बजेपछि मात्र साधन सञ्चालनमा आउने उनले बताए । प्रशासनले सडक ठूला सवारीका लागि योग्य बनाउन काम थालिएको भन्दै अब केही दिनभित्रै यातायात नियमित हुने गरी काम हुने बताएको छ । घटनास्थलको निरीक्षण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले सडक सक्दो चाँडो सञ्चालनमा ल्याउनका लागि आवश्यक वातावरण तयार पार्न खटिएका प्राविधिकलाई निर्देशन दिएका छन् ।

Comments