किन आत्महत्या गरिन् चाँंगुनारायणका ८५ वर्षीया बृद्धाले ?
जेठ २३, २०७९, सोमबार | दिउँसो ०१:२५ बजे | 0
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ यापी भैरब बस्ने बर्ष ८५ की इन्द्रकुमारी श्रेष्ठले सोमबार आफ्नै जस्ताले छाएको १ तले घरको छानोको बाँसको बलोमा कपडाको डोरी पासो घाँटीमा लगाई झुण्डी आत्महत्या गरेकी छन् । जानकारी प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।