व्यासीको ब्यान्जु पक्राउ


जेठ २३, २०७९, सोमबार | दिउँसो १२:५६ बजे | 0


व्यासीको ब्यान्जु पक्राउ

भक्तपुर । भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ लोकन्थली चोक स्थितमा भक्तपुरबाट काठमाण्डौतर्फ जादै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटिलाई सोही दिशातर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दुधको ट्याङकरले ठक्कर दिदा स्कुटि चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४५ को नकुल थापा गम्भिर घाईते भई उपचारको लागि नागरीक अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा साढे चार  बजेको समयमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न सवारीसाधन र ट्याङकर चालक भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने बर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



Comments